Media Network

कुमारी बैंकविरुद्ध इन्जिनियरहरु आन्दोलित


खबरस्टोरी संवाददाता

७ मंसिर २०७८,मंगलवार

काठमाडौं।  नेपाल भ्यालुयर्स एसोसिएसनले कुमारी बैंकविरूद्ध विरोध प्रदर्शन गरेको छ। गलत नियतले बैंकले मूल्याङ्कनकर्ता इन्जिनियरलाई जेल हालेको विषयमा मूल्याङ्कन कार्यमा संलग्न व्यक्तिहरूको उपस्थितिमा विरोध कार्यक्रम सम्पन्न भएको हो ।

बैंकले उपलब्ध गराएका कागजपत्रका आधारमा मूल्याङ्कनकर्ताले रिपोर्ट तयार गरी बैंकले ऋणिलाई कर्जा उपलब्ध गराएकोमा यतिबेला सम्बन्धित ऋणीबाट १९ करोड रकम फिर्ता नभएको सन्दर्भमा उक्त रकम मूल्याङ्कनकर्ता ईन्जिनियरबाट परिपुर्ति गर्ने विषयलाई विरोधस्वरूप विरोध कार्यक्रमको आयोजना गरिएको एशोसिएशनले जनाएको छ ।

एसोसिएसनले विभिन्न मागहरू सहित ईन्जिनिर राजेश कुमार चौरसीयालाई निर्शत रिहाईको माग गदै विभिन्न चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गदै आइरहेको छ । एसोसिएशनले चौरासियालाई निशर्त रिहाई नगरेसम्म आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको छ ।


 


Share:
Reaction :
ताजा समाचार
खेलकुद