Media Network

कानुन व्यवसायीबाट फुटबल मालिक


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७८,सोमबार

काठमाडौं । सुहाङ नेम्बाङ पेशाले कानुन व्यवसायी हुन् । तर, अब उनको परिचय यतिमा मात्रै सिमित छैन । सुहाङ फुटबल टिम ९क्लब० का मालिक पनि बनेका छन् । फ्रेन्चाइज नेपाल सुपर लिगको दोस्रो संस्करणमा सुहाङले नेपाली फुटबलको उर्बर भूमि पूर्वबाट ‘स्पोर्टिङ इलाम डि मेची’ नामक फुटबल टोली निर्माण गरेका छन् ।  इलामवासी सुहाङ एक त पूर्वमा देखिएको फुटबल क्रेज र पछिल्लो समय नेपालमै देखिएको फुटबलको लगानी अनुसारको प्रतिफलका कारण यस क्षेत्रबाट प्रभावित भएका हुन् । सोही कारण विकासमा जोड दिँदै युवालाई खेलकुदमै रोजगारी शृजना गर्ने सुहाङको योजना छ । 

३२ वर्षीय सुहाङका तीन पुस्तानै वकालत पेशामा छ । फुटबलका लागि नयाँ नाम सुहाङको परिवारिक पृष्ठभूमि भने राजनीति हो । उनका बुबा ९सुवासचन्द्र नेम्वाङ० प्रतिनिधि सभाका पूर्व सभामुख हुन् भने हाल नेकपा एमालेका उपाध्यक्ष । पूर्व सभामुख सुवासचन्द्रका दुई छोरा र दुई छोरीमध्ये सुहाङ कान्छा छोरा हुन् । स्पोर्टिङ इलाम डि मेचीसँगै नेपाल सुपर लिग ९एनएसएल० मा थप तीन नयाँ टोली थपिएका छन् । चौधरी ग्रुपको स्वामित्वमा रहेको नेपाल स्पोर्टस् इभेन्ट म्यानेजमेन्टको आयोजनामा हुने प्रतियोगितामा अब १० टोलीले सहभागीता जनाउने छन् । पहिलो संस्करण कोरोना महामारीबीच त्रिपुरेश्वरस्थित दशरथ रंगशालामाविना दर्शक खेलाइएको थियो । दोस्रो संस्करण भने आगामी २६ चैतबाट सुरु हुँदैछ ।

आयोजकले खेलको पहिलो चरण पोखरा रंगशाला र दोस्रो चरण काठमाडौंस्थित दशरथ रंगशालामा गराउने तयारी गरेको छ । ‘स्पोर्टिङ इलाम डि मेची’ मा सुहाङ एक्लै त हैनन् उनले आफूजस्तै फुटबललाई माया गर्ने डक्टर, इन्जिनियर र केही व्यवसायीक घरानाका साथीहरूलाई टोलीमा समेटेका छन् । तर ‘फ्रन्ट लाइन’ मा भने आफू नै उभिएका छन् । टोलीमा सबैको चाहना फुटबलबाट प्रदेश १ लाई अझै चिनाउने र त्यहाँ रहेको युवा क्रेजलाई फुटबलमा रुपान्तरण गर्नु रहनेछ । ‘नेपाल सुपर लिग अघिल्लो वर्षबाट आएको हो । यसले जुन तरिकाले एउटा माहोल शृजना गरेको छ । त्यसले मलाई आकर्षित गर्यो ।’ सुहाङले न्युज कारखानासँग भने, ‘प्रदेश १ का युवालाई अगाडि सार्नु पर्छ भन्ने मेरो सोच हो । हामीले फुटबलमा जुन तरिकाको ‘क्रेज’ देखेका छौं । त्यो कारण पनि यहाँ आए ।’ इलामसँगै अब प्रदेश १ बाट सुपर लिगमा सहभागीता जनाउने तीन टोली भएका छन् । पहिलो संस्करणमा विराटनगर सिटी एफसीले प्रदेश १ को प्रतिनिधित्व जनाउँदा यसपटक अर्को टोली झापा एफसी समेत रहनेछ । 

तीन टोलीको सहभागीतासँगै पूर्वमा फुटबल समर्थकनै बाँडिने र क्रेज धेरै नरहने बताइरहँदा सुहाङ भने टोली संख्या थप हुँदा युवाहरूमा फुटबलको माहोल अझै बढ्ने र झनै फुटबलमय हुने तर्क गर्छन् । ‘अब हामी प्रदेश १ मा हुने हरेक क्रियाकलापमा आबद्ध भएर कार्यक्रम गर्नेछौं । हामी युवा विकाससँगै एकेडेमी बनाउने सोचमा छौं । हामी यसलाई निरन्तरता पनि दिन चाहन्छौँ ।  यो भनेको प्रदेश १ लाई मात्रै नभइ पूरा देशलाईनै फाइदाको कुरा हो । सुरुआत कहाँबाट गर्नेभन्दा आफ्नो ठाउँ भन्ने सबैको चाहना हुन्छ । हामीले प्रतिस्पर्धा र विकासको हिसाबले प्रदेश १ ले चाडो फड्को हान्ने छ भन्ने बुझ्नुपर्छ ।’ सुहाङ भन्छन् ।   

टिम स्थापनासँगै सुहाङ टोली तयार पार्न र आगामी दिनमा क्लबलाई कुन बाटोमा लैजाने भन्ने योजना बनाउन लागेका छन् । अब, सुहाङ कानुन व्यवसायीसँगै फुटबल क्लबका मालिकका रुपमा चिनिने छन् । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद