काठमाडौं । काठमाडौंसहित गण्डकी र लुम्बिनी प्रदेशको केही ठाउँमा सामान्य वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाकाअनुसार देशका पहाडी भू–भागहरुमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज दिउँसो प्रदेश १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशको पहाडी भू–भागहरुमा आँशिक देखी सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
प्रदेश १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागहरुका एक÷दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।
बुधबार राती देशका पहाडी भू–भागहरुमा आँशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
देशभर चिसो बढ्ने क्रममा रहेको महाशाखाले जनाएको छ ।