मोदीको अभिव्यक्तिमाथि विप्लव समूहको आपत्ति, दिए कडा चेतावनी


खबरस्टोरी संवाददाता
२६ पुष २०७८, सोमबार
मोदीको अभिव्यक्तिमाथि विप्लव समूहको आपत्ति, दिए कडा चेतावनी

काठमाडौँ। नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नेपाली भूमि लिपुलेक–कालापानी क्षेत्र हुँदै चीनको मानसरोवर जोड्ने सडक बनाइरहेको भन्ने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भनाइप्रति आपत्ति जनाएका छन्  ।

सोमबार नेकपा अन्तर्राष्ट्रिय विभागका इन्चार्ज कञ्चनले वक्तव्य निकाल्दै सरकार भारतीय रबैयाप्रति चुप लागेर बस्नु सर्मनाक रहेको बताएका छन् । ‘भारत सरकारका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका भूभाग लिम्पियाधुरा, कालापानी, लिपुलेकबाट आफ्ना सैनिक फिर्ता लैजानुको सट्टा चीनको मानसरोवर जोड्न बलजफ्ती बनाइएको बाटो चौडा र विस्तार गर्ने घोषणाले हाम्रो पार्टीको ध्यानाकर्षण गरेको छ,’ वक्तव्यमा भनिएको छ, ‘नेपाली कांग्रेसको नेतृत्वमा बनेको नेपाल सरकार भारतीय रबैयाप्रति चुप लागेर बस्नु, नेपालका लागि भारतको दलाली गर्नु, उसको साम्राज्यवादी नीतिप्रति दब्बुपना देखाउनु देश र जनताका लागि सर्मनाक विषय हो ।’

त्यस्तै नेकपाले भारत सरकारलाई ‘साम्राज्यवादी हर्कत’ तुरुन्त बन्द गर्न अपिल गरेको छ भने नेपाल सरकारलाई तुरुन्त कूटनीतिक पहलबाट त्यस क्षेत्रको सार्वभौमिकताको सुरक्षा सुनिश्चित गर्न माग गरेको छ।

विभागका इन्चार्ज कञ्चनले सोमबार जारी गरेको विज्ञप्ति: