माधव नारायण व्रतालु पशुपतिनाथमा (फोटोफिचर)


खबरस्टोरी संवाददाता
१८ माघ २०७८, मंगलवार
माधव नारायण व्रतालु पशुपतिनाथमा (फोटोफिचर)

काठमाडौँ। माधव नारायाण व्रतालुले सोमबार पशुपतिनाथको दर्शन गरेका छन् । पशुपतिनाथ मन्दिर परिसर भएर बगेको बाग्मती नदीमा स्नान गरेका उनीहरूले पशुपतिनाथको दर्शन गरेका हुन् ।


पौस शुक्ल पुर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना श्री स्वस्थानी माताको विधिपूर्वक व्रत गरिन्छ। आफ्नो श्रीमान र परिवारको समृद्धिका लागि महिलाले बस्ने यो व्रतका समयमा विभिन्न धार्मिक स्थलको भ्रमण गर्ने गरिन्छ। सालिनदी यो पर्वको सबैभन्दा महत्वपूर्ण स्थल हो, त्यसैले धेरै महिलाहरु त्यही स्थलमा गएर व्रत बस्ने गर्छन्।


व्रतको समयमा विभिन्न देव, विशेषगरी महादेवको दर्शनको लागि जाने गरिन्छ।यही क्रममा यी महिलाहरु सालिनदीबाट पशुपति आइपुगेका हुन्। त्यसपछि यी भक्तजन ४ नारयणको दर्शनको लागि हिड्ने गर्छन् । 

तस्बिर: न्युज कारखाना