Media Network

नेपाल बार परिसरभित्रै छिरेर कानुन व्यवसायीलाई धम्की दिने दुई जना पक्राउ


खबरस्टोरी संवाददाता

३ मंसिर २०७८,शुक्रबार

काठमाडौँ। नेपाल बार एसोसिएशनको कार्यालय परिसरमा कानुन व्यवसायीलाई धम्की दिने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । 

बिहीबार नेपाल बार एसोसिएसन परिसरभित्र पसेर कानुन व्यवसायीलाई धम्की दिने सिताराम श्रेष्ठ र तीर्थ ढकाल पक्राउ परेका हुन् । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले बिहीबार राति नै उनीहरूलाई बौद्धबाट पक्राउ गरेको हो । 

उनीहरुलाई काठमाण्डौको टेकुमा रहेको अपराध महाशाखामा राखिएको छ । उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद