काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन अनन्त: लामो अवधि स्वास्थ्य उपचारपछि आज डिस्चार्ज भएका छन् । ९८ दिनपछि उनि आज चीनको थर्ड पिपुल्स हस्पिटल अफ सेनजेनबाट डिस्चार्ज भएको अनेरास्ववियू क्रान्तिकारीका नेता दिपेश पुनले जानकारी दिएका छन् ।
जण्डिस संक्रमणका कारण पुन थाइल्याण्डमा उपचारका लागि गएका थिए । त्यहाँ उपचार सम्भव नभएपछि उनलाई एयर एम्बुलेन्सबाट चीन लगिएको थियो ।उनी तीन दिनपछि नेपाल आउने बताइएको छ । पुनकै आग्रहमा नेकपा माओवादी केन्द्रको पदाधिकारी चयन प्रक्रिया रोकिएको छ । पुन पार्टी महासचिवको प्रमुख दाबेदार हुन् ।