नेपाल विद्युत प्राधिकरण र वायुसेवा निगमबीच सम्झौता


खबरस्टोरी संवाददाता
१९ पुष २०७८, सोमबार
नेपाल विद्युत प्राधिकरण र वायुसेवा निगमबीच सम्झौता

काठमाडौँ। आज (सोमबार) नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमबीच हवाई सेवामा छुट दिनेसम्बन्धी सम्झौता भएको छ। सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र निगमका कार्यकारी अध्यक्ष युवराज घिमिरेले हस्ताक्षर गरेका छन्। 

सम्झौताअनुसार एनएसीमार्फत यात्रा गर्दा प्राधिकरणका कर्मचारी तथा उनीहरूका परिवारले टिकटमा १५ प्रतिशत र सामान ढुवानीमा ५-१० प्रतिशत छुट पाउने छन्।

सम्झौता कार्यक्रममा बोल्दै पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री प्रेम आलेले प्राधिकरणले अब वायुसेवा निगम प्रयोग गर्ने र यसबाट डुब्न लागेको उकास्न सहयोग पुग्ने बताए । सचिव महेश्वर न्यौपानेले विद्युत प्राधिकरणजस्तै एनएसीलाई पनि माथि उठाउनुपर्ने उल्लेख गरे । त्यस्तै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ सम्भव भएसम्म अफिसियल काममा वायुसेवा निगम नै प्रयोग प्रतिबद्धता व्यक्त गरे ।