नेपालमा पनि फैलियो ओमिक्रोन, २४ जनामा संक्रमण पुष्टि


खबरस्टोरी संवाददाता
२३ पुष २०७८, शुक्रबार
नेपालमा पनि फैलियो ओमिक्रोन, २४ जनामा संक्रमण पुष्टि

काठमाडौँ। नेपालमा पुस महिनामा २४ जनालाई कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै पुस महिनामा संकलित ११४६ नमुनामध्ये २४ वटामा संक्रमण पुष्टि भएको जनाएको हो ।

देशभरबाट पीसीआर र एन्टीजेन विधिबाट संकलन गरिएका नमुनालाई जिन सिक्वेन्सिङ गर्दा ती नमुनामा एस-जिन नेगेटिभ पुष्टि भएको हो ।  यसअघि नेपालमा ओमिक्रोनका तीनवटा संक्रमण पुष्टि भएको थियो । यो सँगै नेपालमा ओमिक्रोनका २७ वटा केस पुष्टि भएका छन् । 

ओमिक्रोन भेरिअन्टले हुनसक्ने अत्याधिक बिरामीको चापलाई मध्यनजर गर्दै सबै अस्पताललाई तयारी अवस्थामा रहन मन्त्रालयले आग्रह गरेको छ । साथै, उपचारका लागि आवश्यक पर्ने अक्सिजन लगायत अन्य सामाग्रीको यथेष्ठ जोहो गर्न र स्वास्थ्यकर्मीलाई तयारी अवस्थामा रहन समेत निर्देशन दिइएको छ ।