Media Network

पहिरोले घर पुर्दा दुईको मृत्यु


खबरस्टोरी संवाददाता

२ कार्तिक २०७८,मंगलवार

काठमाडौँ।  अविरल वर्षाको कारण पहिरो जाँदा कालिकोट र डडेलधुरा जिल्लामा एक–एक जनाको मृत्यु भएको छ । 

कालिकोटको महाबै गाउँपालिका-७ राम्नी बस्ने विष्णुलाल अधिकारीको घर अविरल वर्षाको कारण मंगलबार बिहान भत्किँदा उनकै छोरी १८ वर्षीया स्मृति अधिकारीको घरभित्र पुरिएर मृत्यु भएको छ । साथै उनकै १५ वर्षीया छोरी पहिरोमा पुरिएर सामान्य घाइते भएकी छिन् । 

उता डडेलधुराको गन्यापधुरा गाउँपालिका-१ भात्काडा बस्ने ३२ वर्षीय विष्णु अवस्थीको सन्ध्या फेन्सी स्टोर पसलमा सोमबार राति पहिरो जाँदा पहिरोमा च्यापिएर बिष्णुको मृत्यु भएको छ । पहिरो जाँदा पसलभित्र बिष्णु च्यापिएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय डडेलधुरा र प्रहरी चौकी भात्काडाबाट खटिएको प्रहरीले घाइतेको उद्दार गरी उपचारका लागि डडेल्धुरा अस्पताल पठाएकोमा उपचारको क्रममा मृत्यु भएको हो । 


 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद