पनौतीको मकर मेलामा दर्शनार्थीको संख्यामा वृद्धि, आवागमनमा समस्या


खबरस्टोरी संवाददाता
२७ माघ २०७८, बिहीबार
पनौतीको मकर मेलामा दर्शनार्थीको संख्यामा वृद्धि, आवागमनमा समस्या

काठमाडौं।   काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेला दर्शन गर्न जाने दर्शनार्थीको संख्या बढेको छ ।  दर्शनार्थीको संख्या बढ्दा सवारी आवागमनमा समस्या भएको छ । 

‘भक्तपुरको जगाती भएर भित्रिने र बाहिरिने सवारी साधन क्युमा चलिरहेका छन् । काभ्रेपलान्चोकको पनौतीमा लागेको मकर मेलामा जाने आउने दर्शनार्थीहरुको संख्या धेरै नै भएका कारण सवारी क्युको अवस्था रहेको हो,’ महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । 

पछिल्लो दिनमा सार्वजनिक र निजी सवारी सधानमा लगाइएको जोरविजोर प्रणाली खारेज भएपछि पनौतीमा लागेको मकर मेला हेर्न जानेको संख्या बढेको हो ।