Media Network

प्रख्यात गायिका मङ्गेशकरको निधनमा राष्ट्रपतिले शोक व्यक्त गरे


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले भारतीय प्रख्यात गायिका लता मङ्गेशकरको निधनप्रति दुःख व्यक्त गरेकी छन् । विश्वप्रसिद्ध गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो। राष्ट्रपतिले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक प्रकट गरेकी छन्  ।

राष्ट्रपति भण्डारीले ट्वीट गरेकी छन् , “धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ । असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली ।” 

Share:
Reaction :
ताजा समाचार
खेलकुद