Media Network

प्रधानन्यायाधीश राणाविरूद्ध आज सर्वोच्चदेखि बालुवाटारसम्म मार्चपास


खबरस्टोरी संवाददाता

९ मंसिर २०७८,बिहीबार

काठमाडौँ। नेपाल बार एसोसिएसन लगायत विभिन्न पेसागत संगठनको सहभागितामा आज (बिहीबार) सर्वोच्च अदालतदेखि बालुवाटारसम्म 'मार्चपास' गरिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई पदमुक्त गर्न माग गर्दै नेपाल बार एसोसिएसन, बृहत् नागरिक आन्दोलनसहित विभिन्न पेशागत संघसंस्थाले आज संयुक्त मार्चपास गर्ने भएका हो ।

नेपाल बार एसोसिएन, नेपाल पत्रकार महासंघ, नेपाल शिक्षक महासंघ, नेपाल ईन्जिनियर्स एसोसिएसन, नेपाल जनस्वास्थ्य संघ, नेपाल आदिवासी जनजाति महासंघ र बृहत नागरिक आन्दोलनले प्रधानन्यायाधीश राणाविरुद्ध सिंहदरबारदेखि बालुवाटारसम्म संयुक्त रूपमा ‘न्याय मार्च’ गर्न लागका हुन्। सर्वोच्च अदालतको गेटबाट बिहीबार दिउँसो २ बजे सुरू हुने न्याय मार्चपास वालुवाटार पुगेर सकिनेछ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद