Media Network

प्रधानन्यायाधीशलाई महाअभियोग लगाउन पूर्व न्यायाधीश फोरमको माग


खबरस्टोरी संवाददाता

२९ कार्तिक २०७८,सोमबार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज जारी गरेको विज्ञप्तिलाई पूर्व न्यायाधीशहरुको फोरमले न्यायको विचलन र भ्रष्टाचार लुकाउन गरेको दुष्प्रचारका रुपमा अर्थ्याउँदै जबरालाई महाअभियोग लगाउन माग गरेका छन् । प्रधानन्यायाधीश जबरा उपर न्यायाधीशहरूको आचारसंहिता उल्लङ्घन सहितका विभिन्न आधारहरूमा टेकेर महाअभियोग लगाउन सकिने फोरमले विज्ञप्तिमार्फत उल्लेख गरेको छ ।

सोमवार पत्रकार सम्मेलन गरी जारी गरिएको विज्ञप्तिमा वार्ताका लागि बारलाई प्रधानन्यायाधीश जबराले गरेको आह्वानलाई भ्रष्टाचार लुकाउने प्रपञ्च भनिएको छ । 'प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट जारी गरिएको वार्ताका लागि आह्वान गरेको विज्ञप्ति न्यायका विचलन तथा भ्रष्टाचार लुकाउन गरिएको दुष्प्रयास मात्र हो । यो न्यायालयको हितमा रहेको देखिँदैन,' जारि विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, फोरमले राणाबाट अब न्यायालयको नेतृत्व हुन नसक्ने समेत भनेको छ। प्रधान न्यायाधीशले नेपाल बार एशोसिएनको विश्वास गुमाइसकेको फोरमको तर्क छ। त्यस्तै, अदालतमा विचाराधीन मुद्दामा प्रधान न्यायाधीशले बोलेको भन्दै गलत अभ्यास भएको समेत बताए।


Share:
Reaction :
ताजा समाचार
खेलकुद