पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि


खबरस्टोरी संवाददाता
३ माघ २०७८, सोमबार
पर्यटनमन्त्री आलेलाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेलाई कोरोना संक्रमण भएको छ। केही दिनयता मन्त्री आले सार्वजनिक कार्यक्रममा सहभागी कार्यक्रममा दौडधुप गरिरहेका थिए।

उनको सोमबार रिपोर्ट पोजेटिभ आएको हो । आइतबार उनले पशुपति धर्मशाला, नारायणहिटी दरबार क्षेत्र लगायतको निरीक्षण गरेका थिए।