पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै पूर्वराजा ज्ञानेन्द्र


खबरस्टोरी संवाददाता
२६ पुष २०७८, सोमबार
पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्दै पूर्वराजा ज्ञानेन्द्र

काठमाडौँ। पृथ्वी जयन्तीको अवसरमा पूर्वराजा ज्ञानेन्द्र शाह सिंहदरबार जाने भएका छन्। शाहले सिंहदरबारको मूलगेट अगाडि रहेको पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्ने भएका छन्।

उनले पृथ्वीनारायण शाहको सालिकमा मंगलबार मध्यान्ह १२ः३० बजे माल्र्यापण गर्ने पूर्वराजा ज्ञानेन्द्रका संवाद सचिव फणिराज पाठकले जानकारी दिएका हुन्।पाठकले सोमबार एक सूचना जारी गर्दै ३००औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसर पारेर पूर्वराजा ज्ञानेन्द्र पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न जाने भएको जानकारी दिएका छन्।