Media Network

राष्ट्रपति भण्डारीद्वारा वसन्त श्रवण


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

काठमाडौँ। राष्ट्रपति विद्यादेवी भण्डारीले हनुमानढोका दरबारस्थित नासलचोक पुगेर आज वसन्त श्रवण गरेकी छन् ।

राष्ट्रपतिले सरस्वती पूजाको दिन उक्त स्थानमा गएर वसन्त श्रवण गर्ने परम्परा रहेको छ । सोही परम्पराअनुसार त्यहाँ पुगेकी राष्ट्रपतिलाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गर्नुका साथै पञ्चेबाजाले स्वागत गरिएको थियो । सो अवसरमा राष्ट्रपति भण्डारीले पुजारीबाट फूलमाला, टीका र प्रसाद ग्रहणसमेत गरिन्   ।

वसन्त श्रवण समारोहमा राष्ट्रपति भण्डारीसहित उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाको उपस्थिति थियो । समारोहमा सरकारका विशिष्ट अधिकारीहरुकोसमेत उपस्थिति थियो । वसन्तपञ्चमीका दिन देशभर विद्याकी देवी सरस्वतीको पूजा आराधना गर्ने गरिन्छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद