राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ : अध्यक्ष यादव


खबरस्टोरी संवाददाता
१४ पुष २०७८, बुधबार
राष्ट्रिय सहमतिका आधारमा एमसिसीबारे निर्णय लिनुपर्छ : अध्यक्ष यादव

काठमाडौँ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रमुख राजनीतिक दलहरुकाबीच सहमति  र राष्ट्रको हित अनुकूल हुने गरी एमसिसीलाई अगाडि बढाउनुपर्ने बताए । 

पार्टीको नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)द्वारा आज परासीमा आयोजित पत्रकार सम्मेलनमा उनले भने,“ पार्टीले समय आएपछि  एमसिसीका विषयमा निर्णय लिन्छ । यस विषयमा सहमतिकै आधारमा अघि बढाउनुपर्छ।” अध्यक्ष यादवले राज्य पुनःसंरचना आयोगले सिफारिस गरे अनुसारको प्रदेश बनाउनुपर्ने र स्थानीय तहको संरचना पनि परितर्वन गर्नुपर्नेमा जोड दिए ।