र्‍यापर लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अनुमति


खबरस्टोरी संवाददाता
१७ माघ २०७८, सोमबार
र्‍यापर लाउरेलाई थप ११ दिन हिरासतमा राख्न अनुमति

काठमाडौँ । लागुऔषध प्रयोग गरेको आरोपमा पक्राउ परेका र्‍यापर आशिष राना ‘लाउरे’लाई थप ११ दिन थुनामा राख्न अदालतले अनुमति दिएको छ। जिल्ला अदालत कास्कीले लाउरेसहित चार जनालाई थप ११ दिन हिरासतमा राख्न अनुमति दिएको हो।

यसअघि १७ दिन थुनामा राख्न उनीहरुलाई अनुमति दिइएको थियो। लाउरेसहित पोखराका ३९ वर्षीय ध्रबबहादुर थापा, ३० वर्षीय नवीन गुरुङ र पोखराकै २२ वर्षीया सुस्मिता गुरुङलाई प्रहरीले ब्राउनसुगरसहित पुस १४ गते पक्राउ गरेको थियो। प्रहरीले ९० दिनसम्म हिरासतमा राखेर उनीहरुमाथि अनुसन्धान गर्न सक्नेछ।