काठमाडौँ। साइप्रसमा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘डेल्टाक्रोन’ भेट्टिएको त्यहाँका स्वास्थ्य मन्त्रालयले जनाएको छ । उक्त्त नयाँ भेरियन्टलाई वैज्ञानिकहरूले ‘डेल्टाक्राेन’ नाम दिएका हुन् ।
वैज्ञानिकहरूका अनुसार ‘डेल्टाक्राेन’ डेल्टा र ओमिक्राेन भेरियन्ट मिलेर बनेकाे हाे । साइप्रसमा २५ जनामा डेल्टाक्राेन भेरियन्ट पुष्टि भइसकेकाे छ । जसमध्ये ११ जनाकाे अस्पतालमा उपचार भइरहेकाे छ ।
भाइरसका विभिन्न भेरियन्ट देखिने क्रममा गत नाेभेम्बरमा दक्षिण अफ्रिकामा ओमिक्राेन भेरियन्ट देखिएकाे थियाे । साइप्रसका स्वास्थ्यमन्त्री माइकल हाडजिपन्टेलाले यस भेरियन्टकाे बारेमा यस साता पत्रकार सम्मेलन गरी बताउने जनाएका छन् ।