सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो


खबरस्टोरी संवाददाता
१४ माघ २०७८, शुक्रबार
सुनको मूल्य तोलामा ९०० रुपैयाँले घट्यो

काठमाडौँ । सुनको भाउ शुक्रबार प्रतितोला ९०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको भाउ तोलाको ९२ हजार ६०० रुपैयाँ कायम भएको छ । बिहीबार भने छापावाल सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।यसैगरी, शुक्रबार तेजावी सुनको भाउ तोलाको ९२ हजार एक सय रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि घटेको छ । बिहीबार प्रतितोला एक हजार २९० रुपैयाँमा  कारोबार भएको चाँदी शुक्रबार २५ रुपैयाँले घटेको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला एक हजार २६५ रुपैयाँमा भएको छ ।