सोनाम ल्होसारमा बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय


खबरस्टोरी संवाददाता
१८ माघ २०७८, मंगलवार
सोनाम ल्होसारमा बुधबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं।  सरकारले तामाङको सांस्कृतिक पर्व सोनाम ल्होसारमा देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले मंगलबार विज्ञप्ति जारी गर्दै देशभर सार्वजनिक बिदा दिने निर्णय भएको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयका आधारमा बुधबार सार्वजनिक बिदा दिने सूचना गृह मन्त्रालयले निकालेको हो ।