Media Network

सन्धिखर्क खानेपानीले घटायो न्यूनतम विद्युत् महशुल


खबरस्टोरी संवाददाता

२० माघ २०७८,बिहीबार

अर्घाखाँची । सन्धिखर्कमा खानेपानीको न्यूनतम महशुल घटाइएको छ । सन्धिखर्कमा खानेपानी सेवा प्रदान गरिरहेको साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता मूल संस्थाले साविकको मूल्यमा ५० कटौती गरी मासिक न्यूनतम शुल्क १५० कायम गरेको हो ।

२०० रुपैयाँ न्यूनतम महशुल लिइरहेको संस्थाले १ फागुनबाट लागु हुनेगरी मूल्य घटाइएको संस्थाका अध्यक्ष दुर्गा प्रसाद श्रेष्ठले जानकारी दिए । १९ माघमा  बसेको सञ्चालक समितिको बैठकले मूल्य समायोजन गरेको हो । बैठकले संस्थाको पाँचौ‌ँ अधिवेशन आउँदो १२ चैतमा गर्ने निर्णय समेत लिएको कार्यालय प्रमुख कृष्ण प्रसाद आचार्यले जानकारी दिए ।  

संस्थाले सदरमुकाम सन्धिखर्कका एक हजार ८४१ घरपरिवारमा पिउने मपानी उपलब्ध गराउँदै आएको छ । जिल्ला सदरमुकाम सन्धिखर्कमा खानेपानी उपलब्ध गराउने यो एकमात्र संस्था हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद