सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाका आधारमा पेसी तोकिने


खबरस्टोरी संवाददाता
७ कार्तिक २०७८, आईतवार
सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाका आधारमा पेसी तोकिने

काठमाडौं। सर्वोच्च अदालतमा मंगलबारदेखि गोलाप्रथाबाट पेशी तोकिने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र नेपाल बार एसोसियसनको टोलीबीचको भेटका क्रममा प्रधानन्यायाधीश जबराले सोमबार फूलकोर्ट बोलाउने र मंगलबार गोलाप्रथाबाट पेशी तोक्ने जानकारी दिएका हुन् ।

प्रधानन्यायाधीश जबरा भेट्न बारको टोली आइतबार सर्वोच्च पुगेको थियो। पछिल्ला दिनमा प्रधानन्यायाधीशको भूमिका निष्पक्ष नभएको भन्दै चौतर्फी विरोध हुन थालेको छ। नेपाल बार एसोसियसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले बुझाएको प्रतिवेदन कार्यन्वयनका लागि १५ दिने अल्टिमेटिम दिने तयारी भएको बताएका छन् । यस्तै बारले पेसी तोक्ने प्रणाली स्वचालित बनाउन पनि माग गरेको छ ।