Media Network

सर्वोच्च अदालतमा तीन घण्टा ढिलो पेसी


खबरस्टोरी संवाददाता

१६ मंसिर २०७८,बिहीबार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा कोभिड–१९ को सङ्क्रमणका कारण बिरामी भएर अस्पताल भर्ना भएपछि आज सर्वोच्च अदालतमा झण्डै तीन घण्टा ढिला गरेर मुद्दाको पेसी तोकिएको छ ।

प्रधानन्यायाधीश राणाले आफू बिरामी हुँदा कायममुकायम प्रधानन्यायाधीशको जिम्मेवारी अरुलाई नदिएपछि उल्लेख गर्दै न्यायाधीश छलफलमा बस्दा पेसी तोक्न ढिला भएको हो । सधैँ बिहान १०ः१५ बजेतिर पेसी तोकिन्थ्यो । आज १ः३० मा मात्र पेसी तोकिएको छ । गोलाप्रथाबाट बुधबारदेखि मुद्दामा पेसी तोक्न सुरु गरिएको हो । आज पनि सोही प्रक्रियाबाट मुद्दामा पेसी तोकिएको छ ।

गोलाप्रथाबाट आज १० इजलास गठन भएका छन् । तीमध्ये दुई पूर्ण इजलास, सात संयुक्त र एउटा एकल इजलास छ । ती इजलासमा जम्मा १९२ मुद्दा सुनुवाइका लागि राखिएका छन् । प्रधानन्यायाधीश राणा बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पतालमा आइसोलेशनमा उपचार गरिरहेका छन्।  


Share:
Reaction :
ताजा समाचार
खेलकुद