काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध करीब ३ सातादेखि आन्दोलनरत नेपाल बार एसोसिएसन आज पनि धर्नामा उत्रिएको छ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै भईरहेको आन्दोलनमा आज सर्वोच्च परिसरमा कानुन व्यवसायी र प्रहरीबीच केहीबेर ठेलमठेल भएको थियो । जबरालाई सर्वोच्च परिसरमा प्रवेश गर्न नदिने भन्दै बारले मुल गेटमा धर्ना दिएपनि प्रधानन्यायाधीश भने वैकल्पिक गेट भएर कार्यालय प्रवेश गरी काम अगाडी बढाइरहेका छन् ।
प्रधानन्यायाधीश जबराले सोमबार मात्र वक्तव्य जारी गर्दै विधिसम्मत वार्ताका लागि आह्वान गरेका थिए। तर नेपाल बारले भने उक्त प्रस्ताव नै अस्वीकार गर्दै आन्दोलनलाई निरन्तरता दिएको छ।