Media Network

सर्वोच्चमा तोकियो सबै खाले मुद्दामा पेसी


खबरस्टोरी संवाददाता

२ मंसिर २०७८,बिहीबार

काठमाडौँ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका छन् । उनले नौवटा इजलासमा पेसी तोके पनि  आफ्ना लागि भने कुनै पनि इजालास तोकेका छैनन् ।

तोकिएका पेसीमध्ये एउटा पूर्ण इजालास, सातवटा संयुक्त र एउटा  एकल इजलास रहेको छ । इजलासमा पेसी तोकिए पनि सुनुवाइ प्रारम्भ भने भएको छैन । प्रधानन्यायाधीश क्षेत्राधिकारभन्दा बाहिर गएको  आरोप लगाउँदै गत कात्तिक ८ गतेदेखि न्यायाधीशहरूले मुद्दाको सुनुवाई गर्न इन्कार गर्दै आए पनि बीचबीचमा बन्दीको मुद्दामा भने सुनुवाइ भएको थियो । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद