Media Network

सशस्त्र प्रहरीको प्रवक्तामा कमलप्रसाद तिउसिना


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७८,सोमबार

सशस्त्र प्रहरी बल नेपालको प्रवक्ताको जिम्मेवारी कामु सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद तिउसिनालाई दिइएको छ । यसअघिका प्रवक्ता सशस्त्र प्रहरी नायव महानिरीक्षक मन्दिप श्रेष्ठले पदावधिका कारण अनिवार्य अवकाश पाएकाले तिउसिनालाई जिम्मेवारी दिइएको सशस्त्र प्रहरीले जनाएको छ । तिउसिनाको मोबाइल नम्बर ९८५१२७२००७ र इमेल ठेगाना  [email protected] मा सम्पर्क गर्न सकिनेछ । संगठनसँग सम्बन्धित सूचना तथा जानकारीका लागि, संगठनको कार्यक्षेत्रभित्रका समाचारहरू तथा संगठनबाट सम्पादन भएका जनसरोकारका विषयहरू विभिन्न सूचनाहरू प्रवाह गर्ने जिम्मेवारी उनलाई दिइएको सशस्त्र प्रहरीले जनाएको छ । 

Share:
Reaction :
ताजा समाचार
खेलकुद