सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद


खबरस्टोरी संवाददाता
२ फाल्गुन २०७८, सोमबार
सशस्त्र प्रहरीद्वारा लागूऔषध बरामद

सर्लाही । सर्लाही नगरपालिका १७ स्थित श्रीपुर टेकानी ईलाकाबाट माघ २८ गते सशस्त्र प्रहरीले ४० वटा प्याकेटमा रहेको १२ हजार वटा नाईट्राभेट ट्याब्लेट बरामद गरेको छ। ना ५५ प ९२८ नम्बरको पल्सर मोटरसाईकलमा सवार व्यक्तिले सशस्त्र प्रहरीलाई टाढैबाट देख्नासाथै उक्त मोटरसाईकल सोही ठाउँमा छाडी फरार भएपछि सो मोटरसाईकलमा राखिएको बोराभित्र जाँच गर्दा उक्त लागूऔषध फेला पारिएको हो। उक्त बरामद लागूऔषध र मोटरसाईकल नेपाल प्रहरीलाई बुझाईएको छ।