Media Network

सशस्त्रमा डीएसपी बढुवा प्रक्रिया सुरु, १० दिनभित्र आवेदन दिनुपर्ने


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

काठमाडौं । सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) को बढुवा प्रक्रिया शुरु भएको छ । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले रिक्त रहेको डीएसपीमा बढुवा प्रक्रिया शुरु गरेको हो ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेलले सशस्त्र प्रहरी बलमा साधारण समूह, साधारण उपसमूहको रिक्त डीएसपी पदमा बढुवाका लागि शुक्रबार साँझ सूचना प्रकाशित गरेका छन् ।

डीआईजी पौडेलले जारी गरेको सूचनामा साधारण समूह, साधारण उपसमूहतर्फका सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) हरूलाई आफूले प्राप्त गरेको शैक्षिक योग्यतालगायत बढुवा प्रयोजनार्थ आवश्यक पर्ने प्रमाणपत्रको प्रतिलिपि दश दिनभित्र मुख्यालयको बढुवा समितिको सचिवालयमा बुझाउन भनिएको छ ।



Share:
Reaction :
ताजा समाचार
खेलकुद