Media Network

स्थगित १२ वर्षे मकर मेलामा दशौं हजार दर्शनार्थी


खबरस्टोरी संवाददाता

२३ माघ २०७८,आईतवार

पनौति (काभ्रे) । काभ्रेको पनौतिस्थित त्रिवेणीघाटमा हरेक १२ वर्षमा एक पटक मेला लाग्ने गर्दछ । 

प्रत्येक १२ वर्षमा माघ १ गते मकर संक्रान्तिदेखि माघ महिनाभर एक महिना पनौतिमा मेला लाग्ने गर्छ । १२ वर्षपछि यो वर्ष मेला लाग्ने तयारी गर्दै गर्दा देशैभर कोरोना संक्रमणको लहर तीब्र बन्यो । 

कोरोना संक्रमणको उच्च जोखिम रहेको भन्दै लाग्ने यो मेला यो वर्ष लाग्ने पनौति जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति काभ्रेले पनि २५ जनाभन्दा बढी भेला नगर्न निर्देशन दिएपछि मेला ब्यवस्थापन समितिले मेला स्थगित भएको सूचना जारी गर्यो । 

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले २५ जनाभन्दा बढी नहुने गरी स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भने छुट दिएको थियो । 

तर माघ १ देखि नै पनौतिको मकर मेलामा दैनिक दशौं हजार दर्शनार्थीहरु आउने गरेका छन् । कोरोनाका कारण मेला स्थगित नगरिएको भए विदेशबाट मात्रै एक लाख भन्दा बढी भक्तजन दर्शनका लागि आउने अनुमान मेला ब्यवस्थापन समितिको थियो । 

एक महिनासम्म लाग्ने यो मेलामा स्थानीय मात्रै आएको आएको उनीहरु बताउँछन् । कोरोनाका कारण मेला स्थगित गरिएको भनिए पनि काठमाडौं उपत्यकाका साथै टाढा टाढाबाट गाडीहरु रिजर्भ गरेर दैनिक दर्शनार्थीहरु आउने गरेका छन् । 

कोरोना संक्रमणको जोखिम भन्दै मेलाका रूपमा सञ्चालन नगर्ने निर्णय गरिएको समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताएका थिए ।

पनौती नगरपालिका वडा नं. ६ र ७ को संगमस्थल त्रिवेणीघाट क्षेत्रमा माघ १ गतेदेखि दैनिक दशौं हजार तीर्थयात्रीहरु मेला अवलोकन तथा स्नान गर्न पुग्ने गरेका छन् । 

त्रिवेणीघाटदेखि मन्दिरसम्म नै दशौं हजारको भीँड हुने गरेको छ भने बनेपादेखि नै पनौतिसम्म नै ट्राफिक जाम पनि उत्तिकै हुने गरेको छ । 

सवारीको अत्याधिक भीँडले गर्दा ट्राफिक ब्यवस्थापन गर्नसमेत प्रहरीलाई हम्मेहम्मे परेको छ । 

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिन (माघ १) देखि एक महिनासम्म १२ वर्षमा एक पटक मेला लाग्ने भएकाले यसलाई मकर मेला भनिएको हो । पद्मावती, लीलावती र रद्रावतीको संगम त्रिवेणीघाटमा स्नान गरे सम्पूर्ण पाप मोक्ष हुने जनविश्वास छ ।

तस्वीरमा हेर्नुहोस् 



Share:
Reaction :
ताजा समाचार
खेलकुद