सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ (फोटोफिचर)


खबरस्टोरी संवाददाता
१० माघ २०७८, सोमबार
सवारीसाधनमा जोर विजोर लागु गर्न प्रहरी चेकिङ (फोटोफिचर)

काठमाडौं। काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण रोकथामका लागि सवारीसाधनमा जोर विजोर लागु गरिएको छ । 


काठमाडौं उपत्यकाको स्थानीय प्रशासनको आदेशअनुसार सवारीसाधनमा लागु गरिएको जोर विजोरलाई कार्यान्वयन गर्न सडकमा ट्राफिक प्रहरीको ठाउँ ठाउँमा चेकिङ देखिएको छ । 


अत्यावश्यकीय क्षेत्रबाहेकका सवारीसाधनमा गरिएको जोर विजोर कार्यान्यवनका लागि ट्राफिक प्रहरीले परिचयपत्र हेर्दै चेकिङ गरेका छन् ।