Media Network

टी–२० विश्वकप क्रिकेट : भारत र पाकिस्तानबीचको प्रतिष्ठत खेल आज


खबरस्टोरी संवाददाता

७ कार्तिक २०७८,आईतवार

काठमाडौँ । आईसीसी टी २० विश्वकपमा आज  ( आइतबार ) दुई चिरप्रतिद्धन्द्धी भारत र पाकिस्तान आपसमा भिड्दैछन्। विश्वकपमा भारत र पाकिस्तानबीचको खेललाई सबैले चासोका साथ लिने गर्छन् । भारत र पाकिस्तानका समर्थकहरूले खेललाई एउटा लडाइको रूपमा लिने गर्नाले पनि यी दुईबीचको खेलमा चासो बढेको हो ।

यूएईको आबुधावीमा नेपाली समयअनुसार पौने ८ बजे सुरु हुने खेलमा पाकिस्तान प्रतियोगिताको इतिहासमा भारतसँग लगातार पाँच खेलको हार टुंग्याउने प्रयाशमा  रहने  छ।

भारत र पाकिस्तानबीच लामो समयबाट राजनीतिक तनाव रहँदै आएको छ। जसको असर खेल क्षेत्रमा समेत देखिने गरेको छ। भारत र पाकिस्तानबीचको क्रिकेट खेललाई एक अर्काको प्रतिष्ठासँग जोडेर समेत हेरिने गरिएको छ। सन् २०१९ को एक दिवसीय विश्वकपपछि भारत र पाकिस्तानबीच पहिलो पटक प्रतिस्पर्धा हुन लागेको हो ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद