'तमु ल्होसार'को अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिने


खबरस्टोरी संवाददाता
१४ पुष २०७८, बुधबार
'तमु ल्होसार'को अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिने

काठमाडौं । गुरुङ समुदायले मान्ने तमु ल्होसारको अवसरमा सरकारले भोलि सार्वजनिक विदा दिने तयारी गरेको छ ।पुष १५ गते (भोलि) सार्वजनिक बिदा दिने प्रस्तावलाई गृहमन्त्रालयले मन्त्रिपरिषद् बैठकमा लैजाने तयारी गरेको छ ।

आज बस्ने मन्त्रिपरिषद्को नियमित बैठकले ल्होसारको अवसरमा बिदा घोषणा गर्ने तयारी गरेको गृह मन्त्रालयको स्रोतको भनाई छ । तमु ल्होसार गुरुङ समुदायको नयाँ वर्ष आरम्भ हुने दिन मानिन्छ ।