काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका वचतकर्ताले आफ्नो वचत फिर्ताको माग गर्दै काठमाडौँको माइतीघरमा प्रदर्शन गरेका छन् ।
आफूहरुले सहकारीमा वचन गर्न राखेको रकम पनि फिर्ता नपाएको भन्दै वचतकर्ताहरु प्रदर्शनमा उत्रेका हुन् ।
पदर्शनमा सहकारीले ठग्न पाइँदैन, हाम्रो वचत फिर्ता गर, हाम्रो पैसा फिर्ता देऊ, दुख पायो साराले इच्छाराजको पाराले जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
सिभिल वचत तथा ऋण सहकारीमा वचतकर्ताको रकम फिर्ता नगरेर ठगी गरेको उजुरी परेपछि सहकारीका सञ्चालक इच्छाराज तामाङ पक्राउ परेका छन् ।
साथै, उनीविरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको स्रोतले जनाएको छ ।