Media Network

देशैभर चिसो बढ्यो, केही ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना


खबरस्टोरी संवाददाता

७ मंसिर २०७८,मंगलवार

काठमाडौं । मंसिरको पहिलो साताबाटै देशभर चिसो बढेको छ । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन । मंगलबार देशका केही ठाउँमा हल्का वर्षा हुने तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

महाशाखाकाअनुसार, पहाडी भू–भागमा आंशिक रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक दुई स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भु–भागहरुका एक–दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

हिमपातको सम्भावना रहनुको साथै देशभर चिसो बढ्ने क्रममा रहेकाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।


Share:
Reaction :
ताजा समाचार
खेलकुद