Media Network

देशभर ७४७ कोरोना संक्रमित थपिए, थप ८ को मृत्यु


खबरस्टोरी संवाददाता

२ फाल्गुन २०७८,सोमबार

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ७४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन विधिबाट ८ हजार ६ सय ९३ जनाको परीक्षण गर्दा ७ सय ४७ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा २ हजार ३ सय १९ जना संक्रमण मुक्त भएका छन् । यससँगै ९ लाख ४० हजार ९०२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।सोही अवधिमा ८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ९ सय पुगेको छ ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद