विमानस्थल प्रहरी प्रमुखमा एसएसपी मैनाली


खबरस्टोरी संवाददाता
२ पुष २०७८, शुक्रबार
विमानस्थल प्रहरी प्रमुखमा एसएसपी मैनाली

काठमाडाैँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचरको प्रहरी प्रमुख फेरिएका छन् ।

गृह मन्त्रालयले शुक्रबार विमानस्थल प्रहरी प्रमुखको जिम्मेवारी प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सुरेन्द्र मैनालीलाई दिएको हो ।

मैनाली युनएन मिसनबाट फर्किएपछि प्रहरी प्रधान कार्यालयमै कार्यरत थिए ।