वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण


खबरस्टोरी संवाददाता
१२ माघ २०७८, बुधबार
वामदेव गौतम दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं। नेकपा एमालेका पूर्व नेता वामदेव गौतम दम्पतीलाई कोरोना भाइरसको  संक्रमण भएको छ । वामदेव र उनकी पत्नी तुलशा थापा गौतमलाई कोरोना संक्रमण भएको उनका छोरा हरिश दाहालले जानकारी दिएका छन् । 

‘हामीहरूको घर पनि कोरोनाबाट पीडित भएको छ । बाबा आमालाई शीघ्र स्वास्थ्य लाभको कामना छ,’ हरिशले सामाजिक सञ्जालमा लेखेका छन् ।