निर्वाचन आचारसंहिता २०७९ अनुसार मौन अवधिमा राजनीतिक दलका पदाधिकारी वा उम्मेदवार तथा दलको भ्रातृसंगठन वा सम्बन्धित व्यक्तिले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा सम्मेलन, कार्यशाला गोष्ठी आदि गर्न पाईँदैन ।
तर, सांसद खड्काले आचारसंहिता उल्लंघन गर्दै शिक्षक संगठनसँग छलफल गरेका हुन् । उनले आफ्नो फेसबुकमा ‘अखिल नेपाल शिक्षक संगठन गोरखाका शिक्षकहरूसँग निर्वाचनको विषयमा छलफल’ भन्दै फोटोहरू पोष्ट गरेका छन् ।