Media Network

आफ्नो समूहबाट सभापतिको उम्मेदवार तय गर्न पौडेल निवासमा बैठक


खबरस्टोरी संवाददाता

२० मंसिर २०७८,सोमबार

काठमाडाैँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहबाट सर्वसम्मत रूपमा सभापतिको उम्मेदवार छान्नका लागि बैठक राखेका छन् ।

आज साँझ पौडेल निवास बोहराटारमा उक्त समूहका नेताहरू छलफलमा जुटेका छन् । उनले साँझको ५:३० बजेदेखि छलफल गर्ने भएकोले सहभागी हुन जानकारी गराएका थिए ।

पौडेलसहित उनी निकट नेताहरू शशांक कोइराला, प्रकाशमान सिंह र शेखर कोइराला सभापति पदका आकांक्षी हुन्

उनीहरु ४ जना आकांक्षीमध्ये एक जना सभापतिमा उठ्ने गरी छलफल गरिएको पौडेलनिकट एक नेताले बताएका छन् । महाधिवेशन आउन ४ दिनमात्रै बाँकी हुँदा पौडेलले सर्वसम्मत रूपमा सभापति उम्मेदवार छान्न बैठक बोलाएका हुन् ।

सभापतिमा शेरबहादुर देउवा फेरि उठ्ने तयारीमा रहेकाले देउवासँग प्रतिस्पर्धा गर्न पौडेल समुहले एक मात्र उम्मेदवार दिने बताइरहेका छन् तर आकांक्षी धेरै हुँदा सहमति भइसकेको भने छैन ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद