Media Network

आगामी दिनमा सिद्धान्त र जनता केन्द्रीत राजनीति राप्रपाको प्राथमिकता हुनेछः कमल थापा


खबरस्टोरी संवाददाता

१६ मंसिर २०७८,बिहीबार

काठमाडाैँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले विगतमा पार्टी सरकारमा जाँदा गल्ती भएको स्वीकारेका छन् । 

'विगतमा पटकपटक राप्रपा सरकारमा सहभागी हुँदा पार्टीको एजेण्डा ओझेलमा पर्यो भन्ने पार्टीका आम कार्यकर्ताहरूको गुनासो छ । हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डा बोकेको पार्टी जुनसुकै सरकारमा सहभागी भएको पार्टीका सहयोगी र शुभचिन्तकहरुलाई चित्त बुझेको छैन', महाधिवेशनमा थापाले भनेका छन्, 'यो वास्तविकतालाई हृदयङ्गम गर्दै आगामी दिनमा सत्ता केन्द्रित होइन सिद्धान्त र जनता केन्द्रीत राजनीति राप्रपाको प्राथमिकता हुनेछ ।'

भविष्यमा सरकारमा सहभागिताका सम्बन्धमा निर्णय गर्दा राप्रपाले आफ्नो सिद्धान्त र मान्यतालाई सुदृढ तुल्याउने शर्तहरुलाई मुख्य आधार बनाउने समेत थापाले बताएका छन् । 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद