Media Network

आइजीपी नियुक्तिविरुद्धको मुद्धा न्यायाधिश चुडाल र श्रेष्ठको इजलाशमा


खबरस्टोरी संवाददाता

१७ जेष्ठ २०७९,मंगलवार

काठमाडौँ।  प्रहरी महानिरीक्षक (आईजीपी) निुयुत्ति सम्बन्धि मुद्धाको पेशी सर्वाेच्च अदातलका न्यायाधिस विश्वम्भर प्रसाद श्रेष्ठ र कुमार चुडालको इजलाशमा परेको छ । 

मन्त्रीपरिषद् बैठकले गत बैशाख १८ गते आइजीपीमा धिरजप्रताप सिंहलाई नियुक्ति गरेसंगै सरकारको निर्णय बदर गर्न माग गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलले दायर गरेको रिटमा आज अन्तिम सुनुवाइ हुँदै छ । 

पोखरेलले मन्त्रीपरिषद् बैठकले सिंहलाई  आइजीपी नियुक्त गरेको भोली पल्ट नै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार, गृह मन्त्रालय, प्रहरी प्रधान कार्यालय नक्साल र आईजीपी धिरजप्रताप सिंहलाई समेत विपक्षी बनाउँदै रिट दायर गरेका थिए । 

पोखरेलले दायर गरेको रिटमा बैशाख २२ गते  प्रारम्भिक सुनुवाई गर्दै  न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासले अन्तरिम  आदेश दिन अस्वीकार गर्दै जेष्ठ १७ गते (आज)  अन्तिम सुनुवाईको लागि पेश गर्न आदेश दिएको थियो । 

रिटमा पोखरेलले ज्येष्ठ भएको र बढुवाका सम्पूर्ण आधारमा सर्वाधिक अंक प्राप्त गरेको जिकिर गर्दै वरिष्ठताका आधारमा बढुवा गरेर तत्काल आईजीपी नियुक्त गर्न माग गरेका छन्। आइजीपी सिंहलाई बढुवा गर्ने सरकारको निर्णय तत्काल कार्यान्वयन नगर्न र प्रहरी महानिरीक्षक पदमा रहेर काम गर्न नदिन पनि पोखरेलको माग गरेका छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद