Media Network

आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै


खबरस्टोरी संवाददाता

३ फाल्गुन २०७८,मंगलवार

काठमाडाैं।  सत्तासीन नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक आज मंगलबार बस्दैछ। यसअघि तीन दिन बैठक बसेकाे थियाे ।

पूर्वनिर्धारित एजेन्डासहित समसामयिक राजनीतिक घटनाक्रममा छलफल गर्न दिउँसाे ३ बजे बैठक बस्न लागेकाे कांग्रेस प्रवक्ता प्रकानशशरण महतले जानकारी दिए ।

३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिका ३५ जनाले यसअघिका बैठकमा धारणा राखिसकेका छन्। बाँकीले आजकाे बैठकमा धारणा राख्नेछन् । नेताहरुकाे धारणासँगै बैठकमा भएको छलफलका निर्णय सार्वजनिक गरिने कांग्रेस केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए । बैठक आज सकिँदैछ ।

कांग्रेसले गत १४ माघमा केन्द्रीय कार्यसम्पादन समिति गठन गरेको थियो। सभापतिसहित १३ पदाधिकारी स्वतः कार्यसम्पादन समितिमा रहन्छन् । 


 

Share:
Reaction :
ताजा समाचार
खेलकुद