Media Network

आज प्रतिनिधि सभाको बैठक बस्‍दै, यस्तो छ कार्यसूची


खबरस्टोरी संवाददाता

११ कार्तिक २०७८,बिहीबार

काठमाडौँ। आज (बिहिवार) प्रतिनिधि सभाको बैठक बस्दैछ । संसद सचिवालयले जनाएअनुसार  बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने सम्भावित कार्यसूच रहेको सचिवालयले जनाएको छ। दसैँपछि पहिलोपटक प्रतिनिधिसभाको बैठक बस्न लागेको हो। 

गएको मंगलबार बस्ने भनिएको बैठक नेकपा एमालेको पालिका तहको अधिवेशन परेका कारण स्थगित गरिएको थियो। प्रतिनिधिसभाको हालको अधिवेशन सुरु भएदेखि नै नेकपा एमालेले बैठकमा अवरोध गर्दै आएको छ। 


Share:
Reaction :
ताजा समाचार
खेलकुद