Media Network

आज प्रतिनिधिसभा बैठक बस्दै, कार्यसूचीमा एमसीसी


खबरस्टोरी संवाददाता

१५ फाल्गुन २०७८,आईतवार

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । दिउँसो १ बजे बस्ने बैठकमा एमसीसीसम्बन्धी प्रस्तावमाथि सैद्धान्तिक छलफल सुरु हुने सम्भावना छ । सोही अनुसार आजको सम्भावित कार्यसूचीमा एमसिसी समावेश गरिएको छ । 

संसद् सचिवालयले शनिबार प्रकाशित गरेको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले एमसिसीमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने उल्लेख छ ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची पनि छ ।  

यसअघि सरकारको आग्रहमा बिहीबारका लागि तोकिएको बैठक शुक्रबार दिउँसो १ बजेका लागि सारिएको थियो । शुक्रबार एमसीसीको विषयमा दलहरुबीच सहमति नहुँदा बैठक आइतबारका लागि सारिएको थियो । 

संसद बैठक अघि आज बिहान साढे ११ बजे नयाँबानेश्वरस्थित शंकर हलमा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दैछ । 

हाल प्रतिनिधिसभामा २ सय ७१ सदस्य कायम छन् । एमालेका ९८, कांग्रेसका ६१, सभामुखसहित माओवादीका ४९, एकीकृत समाजवादीका २३, जसपाका १९, लोसपाका १३ र राप्रपा, जनमोर्चा, नेमकिपा र स्वतन्त्र एक–एक सांसद छन् ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद