Media Network

आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची


खबरस्टोरी संवाददाता

१२ जेष्ठ २०७९,बिहीबार

काठमाडौँ। आज (बिहीबार) प्रतिनिधिसभा बैठक बस्दैछ। संसद्‍मा आजदेखि वार्षिक नीति तथा कार्यक्रममाथि छलफल हुने भएको छ । बिहान ११ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको  छ ।

स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रममाथि संसद्‌मा छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ। त्यसपछि नीति तथा कार्यक्रममाथि छलफल हुनेछ।

Share:
Reaction :
ताजा समाचार
खेलकुद