Media Network

आजबाट काँग्रेसको एक महिने चुनावी अभियान शुरु


खबरस्टोरी संवाददाता

२९ फाल्गुन २०७८,आईतवार

काठमाडौं । सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले आजदेखि एक महिने चुनावी अभियान शुरु गर्ने भएको छ । 

‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ स्थानीय तहको निर्वाचनलक्षित अभियान आगामी चैत २९ गतेसम्म चल्नेछ । 

कांग्रेसका प्रवक्ता प्रकाशशरण महतका अनुसार अभियानका लागि ७७ वटै जिल्लामा केन्द्रीय सदस्य खटाइएको छ । अभियानको उद्घाटनका लागि पार्टीले खटाएका केन्द्रीय प्रतिनिधि सबैजसो जिल्लामा पुगिसकेका छन् । 

अभियानका क्रममा कांग्रेसले एमसीसीबारे आम नागरिकको चासोलाई स्पष्ट गर्ने बताएको छ । साथै संविधानको रक्षाका लागि कांग्रेसले भूमिका निर्वाह गरेकोबारे जानकारी गराउनेछ ।

‘हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारी’ भन्दै कांग्रेस केन्द्रीय सदस्यहरुलाई जिल्ला जिल्लामा खटाएको छ । एक महिने अभियान सकिएपछि मात्रै कांग्रेस चुनावी गठबन्धनबारे निर्णय गर्ने बताएको छ । 


Share:
Reaction :
ताजा समाचार
खेलकुद