Media Network

आयल निगम व्यापारीलाई दिन अर्बौंको चलखेल भइरहेको रामचन्द्र पौडेलको दाबी


खबरस्टोरी संवाददाता

१६ असार २०७९,बिहीबार

काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आयाल निगम व्यपारीलाई दिन अर्बैको चलखेल भइरहेको सुनेको दाबी गरेका छन् । 

बिहिवार ६४ औं संसद सेवा दिवसका अवसरमा काठमाण्डौंमा आयोजित एक कार्यक्रमा बोल्दै नेता पौडेलले भने “म फेरि पनि सुन्दै छु, आयाल निगम व्यापारीलाई सुम्पिन लागिएको छ रे ? यो चलखेल हो, यहाँ करोडका कुरा छैन, अर्बाैंका कुरा छन् ।”

फरक प्रशंगमा बोल्दै नेता पौडेलले अहिले खेतिपाती गर्ने समयमा पनि किसानले मल नपाएकोमा आपत्ति जनाएका छन् । उनले भने “खेति गर्ने बेला छ, यहाँ किसनले मल नपाएर हाहाकार भएको छ । यो नीतिगत भ्रष्टाचारको कारणले भएको हो ।” 

Share:
Reaction :
ताजा समाचार
खेलकुद