Media Network

अब केही दिनमा होइन्, केही घण्टामै मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुन्छ : नेकपा एस


खबरस्टोरी संवाददाता

९ असार २०७९,बिहीबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले केही घण्टामा नै मन्त्री हेरफेरको निर्णय कार्यान्वयन हुने बताएको छ । बिहिवार काठमाडौँको आलोकनगरस्थित पार्टी कार्यालयमा बसेको सचिवालय बैठक पछि पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अब चाडै नै मन्त्री हेरफेर हुने बताएका छन् । उनले भने “ अब दिनहरूमा होइन, केही घण्टामै मन्त्रीहरू हेरफेर गर्ने दिशातिर लागिरहेका छौं।”

भद्र सहमति नै ६ महिना भएकाले अहिले वर्तमान मन्त्रीहरूलाई पार्टीले विदा गर्ने निर्णय गरेको हो । पार्टीको निर्णय अन्तिम रहेको भन्दै उनले बिदा गरिसकिएका मन्त्रीहरू बिदा हुने र पार्टीले सिफारिस गरेका नेताहरु नै मन्त्रीको रुपमा जाने बताएका छन् । 

उनले भने “कोही चिरस्थायी कालसम्मका लागि मन्त्री हुन सक्दैन। पहिल्यै गरेको जेन्टलमेन एग्रिमेन्टअनुसार हामीले मन्त्री बिदा गरेका छौं, उहाँहरू बिदा हुनुहुन्छ।”

Share:
Reaction :
ताजा समाचार
खेलकुद